फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्को २–० ले पराजित, एम्बाप्पेको कीर्तिमान
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
593
Shares
काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न क्वार्टरफाइनलमा मोरक्कोमाथि २–० को जित हासिल गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।
फ्रान्सका लागि केलियन एम्बाप्पे र उस्मान डम्बेलेले एक एक गोल गरे । खेलको २८ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न चुकेका एम्बाप्पेले ६० औँ मिनेटमा डिजायर डोको पासमा गोल गरेका थिए ।
जारी विश्वकपमा यो आठौँ गोल हो । विश्वकपका लगातार दुई संस्करणमा समान आठ गोल गर्ने उनी एकमात्र खेलाडी हुन् ।
यसअघि अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले दुवै संस्करणमा सात गोल गरेर कीर्तिमान राखेको केही दिनमै एम्बाप्पेले आठ गोलको कीर्तिमान बनाएका हुन् ।
सन् २०२२ को विश्वकपमा मेस्सीले सात र एम्बाप्पेले आठ गोल गरेका थिए ।
फ्रान्सले ६६ औँ मिनेटमा दोस्रो गोल गर्यो । एम्बाप्पेकै पासमा डेम्बेलेले गोल गरेका थिए । हारसँगै मोरक्कोको विश्वकप यात्रा सकिएको छ ।
मोरक्को क्वार्टरफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश थियो । यसपालि ९ अफ्रिकी मुलुकले विश्वकप खेले पनि एकमात्र क्वार्टरफाइनलमा पुगेको थियो ।
यता फ्रान्स भने लगातार तेस्रो पटक सेमिफाइनलमा पुगेको छ । फ्रान्सले सन् २०१८ को विश्वकपको उपाधि जितेको थियो भने २०२२ को उपविजेता हो । दुई पटकको विश्वकप विजेता फ्रान्सले यसअघि सन् १९९८ को उपाधि जितेको थियो ।
विश्वकपको दोस्रो क्वार्टरफाइनलमा शनिबार बिहान पौने १ बजे स्पेन र बेल्जियन भिड्ने छन् ।
रोचक बन्दै गोल्डेन बुट दावेदारी
मोरक्को विरुद्धको गोल एम्बाप्पेको यस विश्वकपमा आठौँ गोल हो। यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँग समान ८-८ गोलमा पुगेका छन्। उनी विश्वकपमा दुई संस्करणमा गाेल गर्ने पहिलो खेलाडी बनेका छन् ।
अब गोल्डेन बुटको प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ। मेस्सी र एमबाप्पे दुवैका टोली सेमिफाइनलमा पुगेका कारण दुवैसँग आफ्नो गोल संख्या बढाउने अवसर बाँकी छ।
बराबरी कायम रहेमा गोल्डेन बुटको निर्णय फिफाको टाइब्रेकर नियमअनुसार असिस्ट र त्यसपछि कम खेल समयका आधारमा हुनेछ।
अर्जेन्टिनाले आइतबार बिहान स्वीट्जरल्याण्डसँग खेल्दैछ । त्यस्तै सात गोल गरिसकेका नर्वेका एर्लिङ हलान्ड पनि गोल्डेन बुटको होडमा छन् ।
नर्वेले आइतबार बिहानै इङ्गल्याण्डसँग खेल्दैछ । इङ्गल्याण्डकै ह्यारि केनले छ गोल गरेका छन् ।