काठमाडौँ । लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनावश्यक रुपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुमन लामा, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकिन्दर महतो रहेका छन् ।
यस्तै, काभ्रेपलाञ्चोकका अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कीर्तिपुरका सन्तोष स्याङ्तानलगायत छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।