arrow

मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले गर्‍यो मुख्यसचिवमा कार्कीलाई नियुक्त [भिडियो]

मन्त्रिपरिषदबाट थुप्रै नियमावली र रणनीतिक योजना स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
sasmit-pokhrels--.jpg

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए। 

उनका अनुसार सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गरेको छ। गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ।

मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गरेको बताए। शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। कारागार नियमावली २०८३ स्वीकृत गरेको छ। मानव अधिकार सम्बन्धी छैटौँ कार्ययोजना स्वीकृत गरेको पनि बताए। भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ