arrow

चीनमा बनेका नक्कली कन्डम युरोप भित्र्याउने सञ्जालको पर्दाफास

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
condoms-getty-images.jpg
तस्बिर : गेट्टि इमेजेजबाट ।

ब्रसेल्स । युरोपेली संघ (ईयू) ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ ।

ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरिएको छ । अनुसन्धानबाट ती सामग्री चीनस्थित एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको छ ।

ओएलएएफका अनुसार ती कन्डममा एउटा प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो भने जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो ।

चिनियाँ अधिकारीको सहयोगमा अनुसन्धान अघि बढाइएको र सञ्जालको स्रोत पत्ता लगाइएको ओएलएएफले जनाएको छ ।

ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डम स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताएका छन् । उनले परीक्षण र गुणस्तर नियन्त्रणबिनाका यस्ता सामग्रीले यौनजन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएका छन् । 

ओएलएएफले नक्कली कन्डम आपूर्ति गर्ने चिनियाँ आपूर्तिकर्ता वा सञ्जालमा सङ्लग्न व्यक्तिमाथि गरिएको कारबाहीबारे भने विस्तृत जानकारी दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ