arrow

इङ्गल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा, तनावपूर्ण खेलमा मेक्सिको ३–२ ले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
wcf-2026-england-mexico-16yy.jpg

काठमाडौँ । इङ्गल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको तनावपूर्ण खेलमा मेक्सिकोलाई ३–२ ले पराजित गर्दै इङ्गल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । 

खेलमा निकै नै तनाव भएको थियो । मध्यान्तरसम्म २–१ ले अग्रता लिएको इङ्गल्याण्डले मध्यान्तरपछि एक गोल गर्दा एक गोल खाएको थियो ।

साथै खेलको ५४ औँ मिनेटमा फल खेलेका जारेल क्वान्साहले रातो कार्ड खाएसँगै इङ्गल्याण्ड १० जनामा समेटिएको थियो । भीएआरबाट क्वान्साहले रातो कार्ड खाएका हुन् ।  

त्यसअघि खेलको ३६ औँ मिनेटमा जुड बेलिङ्घमले इङ्गल्याण्डलाई प्रारम्भिक अग्रता दिलाए । बुकायो साकाको पासमा बेलिङ्घमले गोल गरेका हुन् । 

त्यसको दुई मिनेटमै बेलिङ्घमले अर्को गोल थपे । ह्यारि केनको पासमा बेलिङ्घमले दोस्रो गोल गरेका हुन् । 

४२ औँ मिनेटमा मेक्सिकोका युलियन क्विनोनेसले गोल गर्दै अन्तर २–१ मा झारे । मध्यान्तरको इन्जुरी समयमा मेक्सिकोले निकै दबाबमा राखे पनि गोल भने गर्न सकेन । 

५४ मिनेटपछि १० जनामा समेटिएको भए पनि इङ्गल्याण्डले ६० औँ मिनेटमा तेस्रो गोल गर्यो । मेक्सिकोका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई ह्यारि केनले गोलमा परिणत गरेका थिए । 

६९ औँ मिनेटमा भीएआरबाट निर्णय लिई मेक्सिकोलाई पेनाल्टी दिइयो । राउल जिमेनेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै मेक्सिकोलाई ३–२ को स्थितिमा ल्याए । 

त्यसपछि दुवैतर्फ कुनै गोल नहुँदा इङ्गल्याण्ड ३–२ को जितसहित क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

खेलका क्रममा इङ्गल्याण्डका एक खेलाडीलाई रातो कार्ड तथा चार खेलाडीलाई पहेँलो कार्ड देखाइएको थियो । त्यस्तै मेक्सिकोका दुई खेलाडीलाई पहेँलो कार्ड देखाइएको थियो । 

इङ्गल्याण्डले सात ओटा फाउल खेल्दा मेक्सिकोले १४ ओटा फाउल खेलेको थियो । घरेलु मेक्सिको सिटीको मैदानमा खेलेको मेक्सिकोले ६७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि जित भने हासिल गर्न सकेन । 

मेक्सिको अहिलेसम्म दुई पटक क्वार्टरफाइनलमा पुगेको छ । सन् १९७० र १९८६ मा मेक्सिको क्वार्टरफाइनलमा पुगेको थियो । 

सबैभन्दा बढी आयोजना गर्ने राष्ट्र भने बनेको छ । मेक्सिकोले तीन पटक सन् १९७०, १९८६ र अहिले गरी तीन पटक विश्वकप आयोजना गरेको हो । 

यता सन् १९५० देखि विश्वकप खेल्न थालेको इङ्गल्याण्डले अहिलेसम्म एकपटकमात्र उपाधि जितेको छ । सन् १९६६ को उपाधि जितेपछि उसले उपाधि उचाल्न सकेको छैन । 

इङ्गल्याण्ड दुई पटक सेमिफाइनलमा पुगेको छ भने ७ पटक क्वार्टरफाइनलमा पुगेको छ । पछिल्लो समय सन् २०१८ मा चौथो भएको इङ्गल्याण्ड २०२२ मा क्वार्टरफाइनलमा पुगेको थियो । र, यसपालि पनि क्वार्टरफाइनलमा पुगेको छ । 

विश्वकपको अन्तिम ३२ मा मेक्सिकोले इक्वेडरलाई २–० ले हराएको थियो भने इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले पराजित गरेको थियो । 

को को पुगे क्वार्टरफाइनलमा ? 

यसअघि नर्वे, मोरक्को र इङ्गल्याण्ड क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै ब्रजिललाई २–१ ले हराउँदै नर्वे चौथो सहभागितामा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै इङ्गल्याण्डले मेक्सिकोलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ