arrow

विश्वकपमा इङ्गल्याण्ड र मेक्सिको मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
wcf-2026-eng-mexico-16a.jpg

काठमाडौँ । विश्वकप फुटबलमा अहिले इङ्गल्याण्ड र मेक्सिको भिडिरहेका छन् । खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे शुरू भएको हो । 

मेक्सिको अहिलेसम्म दुई पटक क्वार्टरफाइनलमा पुगेको छ । सन् १९७० र १९८६ मा मेक्सिको क्वार्टरफाइनलमा पुगेको थियो । 

सबैभन्दा बढी आयोजना गर्ने राष्ट्र भने बनेको छ । मेक्सिकोले तीन पटक सन् १९७०, १९८६ र अहिले गरी तीन पटक विश्वकप आयोजना गरेको हो । 

यता सन् १९५० देखि विश्वकप खेल्न थालेको इङ्गल्याण्डले अहिलेसम्म एकपटकमात्र उपाधि जितेको छ । सन् १९६६ को उपाधि जितेपछि उसले उपाधि उचाल्न सकेको छैन । 

इङ्गल्याण्ड दुई पटक सेमिफाइनलमा पुगेको छ भने ६ पटक क्वार्टरफाइनलमा पुगेको छ । पछिल्लो समय सन् २०१८ मा चौथो भएको इङ्गल्याण्ड २०२२ मा क्वार्टरफाइनलमा पुगेको थियो । 

जारी विश्वकपको अन्तिम ३२ मा मेक्सिकोले इक्वेडरलाई २–० ले हराएको थियो भने इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले पराजित गरेको थियो । 

को को पुगे क्वार्टरफाइनलमा ? 


यसअघि नर्वे र मोरक्को क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै ब्रजिललाई २–१ ले हराउँदै नर्वे चौथो सहभागितामा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ