arrow

एलजीले पोखरामा एसेंशियल सिरिज घरेलु उपकरण सार्वजनिक गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
cg-lg-essential-pohara-july-2026.jpg

पोखरा। एलजी इलेकट्रोनिक्स सिंगापुर प्रालिले आफ्नो आधिकारिक वितरक सिजी इलेकट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण शृङ्खला एलजी एसेंशियल सिरिज सार्वजनिक गरेको छ । पोखरास्थित टेम्पल बेल होटेलमा आयोजित विशेष कार्यक्रममा उक्त शृङ्खलाको औपचारिक अनावरण गरिएको हो।

“हरेक घरको खुसी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेंशियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ । नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ । नयाँ शृङ्खलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजरेटर, फुली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन् ।

नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू

एलजी एसेंशियल सिरिज डबल-डोर रेफ्रिजरेटर
फ्रस्ट-फ्री टेक्नोलोजी सहितको यस रेफ्रिजरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ । स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ ।

एलजी एसेंशियल सिरिज फुली अटोमेटिक टप-लोड वासिङ मेसिन
नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स४ प्रमाणित वाटर-रेसिस्टेन्स कन्ट्रोल प्यानल जस्ता सुविधाहरू समावेश छन् । साथै लो-प्रेसर फिल टेक्नोलोजीले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ ।

एलजी एसेंशियल सिरिज रुम एयर कन्डिसनर
ऊर्जा-दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कूलिङ तथा हिटिङ सुविधा प्रदान गर्छ । परम्परागत नन-इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ । साथै न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्छ ।

एलजी एसेंशियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ । प्रारम्भिक मोडेलहरूको मूल्य करिब रु. ४९,६९० बाट सुरु हुनेछ । उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टी-ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई-कमर्स प्लेटफर्म मार्फत उपलब्ध हुनेछन् ।

सिजी इलेकट्रोनिक्स बारे
सिजी कर्प ग्लोबल अन्तर्गत रहेको सिजी इलेकट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको एक मात्र आधिकारिक वितरक हो । एलजी इलेकट्रोनिक्स सिंगापुरसँगको चार दशकभन्दा लामो सहकार्यमार्फत कम्पनीले एलजीलाई नेपालको अग्रणी तथा विश्वासिलो उपभोक्ता इलेकट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

एलजी इलेकट्रोनिक्स इन्क. बारे
एलजी इलेकट्रोनिक्स इन्क. घरेलु उपकरण, उपभोक्ता इलेकट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो । नवीन प्रविधि, ऊर्जा-दक्ष उत्पादन तथा ग्राहक केन्द्रित डिजाइनका लागि परिचित एलजीले विश्वभरका उपभोक्ताहरूलाई दैनिक जीवनलाई सहज र समृद्ध बनाउने समाधानहरू उपलब्ध गराउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ