काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूची अनुसार भान्सामा धेरै प्रयोग हुने नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, लोकल सानो गोलभेँडा १५ रुपैयाँ र टनेलको सानो गोलभेँडा २५ रुपैयाँमा बिक्री भइरहेको छ।
आलुतर्फ लाम्चो रातो आलु प्रतिकिलो ४० रुपैयाँ, गोलो र मुढे रातो आलु ३५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ तथा सेतो आलु ३० रुपैयाँ कायम भएको छ भने भारतीय सुकेको प्याज प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ।
त्यसैगरी, सागसब्जी र अन्य तरकारीतर्फ स्थानीय काउली प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ र हाइब्रिड सेतो मूला २० रुपैयाँमा कारोबार भइरहेको छ। लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ४० रुपैयाँमा पाइँदा मकै बोडी ५० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, लोकल तथा हाइब्रिड घिउ सिमी ६० रुपैयाँ, राजमा सिमी ८० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ र भटमास कोसा १०० रुपैयाँ तोकिएको छ। तीते करेला, परवर, चिचिण्डो र भिन्डी प्रतिकिलो ३० रुपैयाँमा स्थिर रहँदा लौका र घिरौँला ४० रुपैयाँ, झिगुनी ५० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, लाम्चो हरियो फर्सी ५० रुपैयाँ, डल्लो हरियो फर्सी २५ रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ५० रुपैयाँमा बिक्री भइरहेको छ।
सागपात र च्याउको मूल्य हेर्दा रायो साग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो र चमसुरको साग ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ पुगेको छ। च्याउतर्फ कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ सबैभन्दा महँगो अर्थात् प्रतिकिलो १ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी कुरिलो प्रतिकिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी १६० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना २०० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ।
फलफूल, खुर्सानी र माछा बजारको मूल्यतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ र कागती २०० रुपैयाँ पुगेको छ। अनार प्रतिकिलो ४५० रुपैयाँ, मालदह आँप ११० रुपैयाँ, दशहरी आँप १२० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो ७० रुपैयाँ, हाइब्रिड काँक्रो ३० रुपैयाँ र लोकलक्रस काँक्रो ६० रुपैयाँमा उपलब्ध छ।
रुखकटहर ५० रुपैयाँ, चिनियाँ नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लोकल लिची २०० रुपैयाँ, भारतीय लिची ३०० रुपैयाँ, काँचो नरिवल ७० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँमा कारोबार भइरहेको छ। मसला र माछातर्फ अदुवा प्रतिकिलो १८० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ३५ रुपैयाँ, बुलेट हरियो खुर्सानी ३० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, भेडेखुर्सानी ९० रुपैयाँ, हरियो लसुन र धनियाँ क्रमशः २०० र १०० रुपैयाँ पुगेको छ।
चिनियाँ सुकेको लसुन २०० रुपैयाँ र नेपाली सुकेको लसुन १७० रुपैयाँ हुँदा सुकेको माछा प्रति किलो १ हजार रुपैयाँ तथा ताजा माछातर्फ रहु ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँमा बिक्री भइरहेको छ।