arrow

बजारमा आँप, सावधानी उत्तिकै जरुरी, सम्बन्धित निकाय मौन [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
mango-83-2-25a (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । अहिले बजारमा छयाप्छ्याप्ति आँप देखिन थालेको छ । निकै नै पाकेको आँप देखिएपछि खानेहरू बढे पनि सावधानी भने अपनाउन आग्रह गरिएको छ । 

काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लाहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ। 

नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन् । व्यापारीहरूका अनुसार यस वर्ष नेपाली आँप समयमै बजारमा आउन थालेकाले उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन रोज्न थालेका छन्। यसले भारतीय आँपको मागमा समेत कमी आएको उनीहरूको भनाइ छ।

हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक–फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म रहेको छ। 

त्यसैगरी माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ भने दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

नेपाली आँपको उत्पादन बजारमा पर्याप्त मात्रामा आउन थालेपछि कुलेश्वर फलफूल बजार अहिले भरिभराउ देखिएको छ। व्यापारीहरूका अनुसार आगामी दिनमा थप परिमाणमा आँप भित्रिने  र बजार आँपले नै भरिने बताएका छन् ।

तर आँपमा विषादी छ कि छैन भनी परीक्षण गर्ने निकाय मौन छ । तीनकुनेस्थित फलफूल पसलकी होलसेलर भन्छिन्, 'मैले सबै फलफूल बेच्छु तर सबैमा शंका लाग्छ । आफूले बेच्ने गरे पनि कुनैमा पनि विषादी छैन भनेर ढुक्क भएर मै भन्न सक्दिन ।'

उनले सम्बन्धित निकाय चुप लागेर बसेको आरोपसमेत लगाइन् । उनले गुनासो गर्दै भनिन्, 'भारतको केरा विषादी भनियो र आउन छाड्यो तर के नेपालको केरा ठीक छ त ? ठीक छ भने पाक्ने समय नै नभइ सानो केरा कसरी पाक्छ ? अहिले त हेर्नुस् खरबु्जादेखि स्याउ पनि त्यस्तै छ ।'

उनले यसरी विषादी हालेर बेच्नु परेको फलफूल एक दिन बिक्रीमा कमी हुनासाथ कुहिने भएकाले आफूहरू निकै मर्कामा परेको बताइन् । उनले आँप पनि त्यस्तै भएको दाबी गरिन् । 

भन्छिन्, 'हिजो काँचो हुन्छ । आज पूरै पाकेको हुन्छ । भोलि त बिग्नने निश्चित छ । त्यो नोक्सानी त हामीले भोग्ने हो । यही फलफूल खाएर क्यान्सर भएको पनि सुनेकी छु । मलाई त फलफूल बेच्न पनि मन लाग्न छोड्यो ।'

mango-83-2-25a (2).jpg
mango-83-2-25a (3).jpg
mango-83-2-25a (4).jpg
mango-83-2-25a (5).jpg
mango-83-2-25a (6).jpg
mango-83-2-25a (7).jpg
mango-83-2-25a (8).jpg
mango-83-2-25a (9).jpg
mango-83-2-25a (10).jpg
mango-83-2-25a (11).jpg
mango-83-2-25a (12).jpg
mango-83-2-25a (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ