नबिल बैङ्क लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
99
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। नबिल बैङ्कले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रूपमा प्रदान गरिने निजी क्षेत्रको बैङ्क तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।
यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैङ्कले पाएको छ। यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकै पटक तीन वटा अवार्डबाट नबिल बैङ्क सम्मानित भएको छ।
मङ्गलवार काठमाडौँमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरद्वारा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे।
आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो। अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन र दिगोपना जस्ता मापदण्ड राखिएको थियो। नबिल बैङ्कलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ।
नबिल बैङ्कले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो। बैङ्कको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनीत हुने आयोजक संस्थाले जनाएको छ।
नबिल बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ। चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले पछिल्लो समयमा दिगो बैङ्किङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैङ्किङका लागि एनबैङ्क सञ्चालनमा ल्याएको छ।