arrow

हेलिकप्टर दुर्घटनामा १४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
heli-crash-russia.jpg
फाइल तस्बिर

काठमाडौँ। साउदी अरबमा सरकारी तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै १४ जनाको मृत्यु भएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटना आइतबार बिहान स्थानीय समयअनुसार ६ बजे पूर्वी तटीय सहर रास तानुरामा भएको हो। साउदी प्रेस एजेन्सीले दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १४ जना साउदी नागरिकको ज्यान गएको पुष्टि गरेको छ।

हेलिकप्टर दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान शुरू गरेको जनाइएको छ। दुर्घटनापछि अरामको कम्पनीले तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

यद्यपि, साउदी ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

रास तानुरा क्षेत्रमा अरामकोको मध्यपूर्वकै प्रमुख तेल प्रशोधन केन्द्रमध्ये एक रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण उक्त क्षेत्रबाट करिब चार महिनादेखि कच्चा तेलको ढुवानी रोकिएको थियो।

लामो अन्तरालपछि गएको शुक्रबारदेखि मात्रै रास तानुराबाट पुनः कच्चा तेल ढुवानी शुरू गरिएको थियो। तेल ढुवानी पुनः सञ्चालन भएको दुई दिनमै भएको हेलिकप्टर दुर्घटनाले थप चासो र चिन्ता बढाएको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ