arrow

प्रतिनिधि सभा

प्रधानमन्त्रीको उत्तर चितवनबाट होइन, सदनबाटै चाहिन्छ: सांसद राई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
aryaan-raiss.jpg

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’ को अभिव्यक्तिलाई लिएर संसद् बाहिर (चितवन) बाट जवाफ आएको भन्दै असन्तुष्टि जनाएका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले प्रतिपक्षले उठाएका गम्भीर प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले संसद्कै रोस्ट्रममा उभिएर दिनुपर्ने माग गरे।

बैठकमा आफ्नो धारणा राख्दै उनले भने, "हामीले सदनमा विरोधका लागि मात्र विरोध गरेको होइन। प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् भन्ने माग हामीले लामो समयदेखि राख्दै आएका थियौँ, तर त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन।"

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिको वैधतामाथि प्रश्न उठाउँदै थपे, "के प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्ति राष्ट्रहितमा थियो? यदि राष्ट्रको हितमा छ भने म माग गर्दछु कि त्यसलाई रेकर्डबाट नहटाइयोस्। तर, यदि उहाँले राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने तत्काल हटाइनुपर्छ। हामीले उहाँको उत्तर चितवनबाट चाहेका होइनौँ, हामीले त यही सार्वभौम सदनबाट उत्तर खोजेका हौँ।"

प्रधानमन्त्री बालेन शाहले राष्ट्रियता र सीमाका विषयमा बाहिर दिएको अभिव्यक्तिका कारण केही समययता संसद्मा विपक्षी दलहरूले लगातार विरोध जनाउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ