वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
209
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्। संघीय संसद् प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको आधिकारिक सूचना अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको हो।
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएसँगै देशमा वैकल्पिक स्रोतमार्फत विकास वित्त (डेभलपमेन्ट फाइनान्स) परिचालन गर्ने सम्बन्धी नयाँ कानुनी व्यवस्था कार्यान्वयनको बाटो पूर्ण रूपमा खुलेको छ। यसले परम्परागत वैदेशिक वा आन्तरिक ऋण र अनुदान बाहेकका अन्य आधुनिक तथा वैकल्पिक वित्तीय स्रोतहरूलाई विकास निर्माणमा भित्र्याउन सहज हुने विश्वास लिइएको छ।