arrow

चितवन पुगे प्रधानमन्त्री साह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
balen-83-2-12yyy.jpg
तस्बिर फाइल

काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह चितवन पुगेका छन्।

आजदेखि चितवनको भरतपुरमा शुरू हुने पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री साह चितवन पुगेका हुन्।

आज अपराह्न २ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा प्रारम्भ हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री साहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन सत्रका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। 

देश–विदेशका गरी कुल ४ हजार २११ जना प्रतिनिधिहरू सहभागी हुने यस महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू समेत चितवन आइपुग्ने क्रम जारी छ।

उद्घाटन सत्रका लागि जर्मनी प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ डोम निर्माण भइसकेको छ। 

प्रधानमन्त्री साह र पार्टी सभापति  लामिछाने हिँड्ने र कार्यक्रम स्थलसम्म पुग्ने बाटोलाई मर्मत तथा सजावट गरी व्यवस्थित बनाइएको रास्वपा सचिवालयले जनाएको छ। 

कार्यक्रम स्थललाई दुवै नेताको तस्बिरसहित आकर्षक रूपमा सजाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ