arrow

विश्वकपमा ब्रजिल र हैटी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
wcf-bra-2026.jpg

काठमाडौँ । विश्वकप फुटबलमा अहिले समूह ‘सी’ को खेलमा पाँच पटकको च्याम्पियन ब्रजिलले फिलाडेल्फियाको लिंकन फाइनान्सियल फिल्डमा हैटीसँग खेलिरहेको छ । 

फ्रान्स, स्पेन र पोर्चुगलपछि उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको ब्रजिलले पहिलो खेलमा आफ्नो ‘स्टान्डर्ड मिट’ गर्न सकेन । टोली मोरक्कोसँग १–१ को बराबरीमा रोकियो ।

भिनिसियस जुनियरको दर्शनीय गोलमा टोली भाग्यमानी रह्यो । यो गोल नहुँदो हो त विश्वकप २०२६ कै सबैभन्दा ठूलो ‘अपसेट’ नतिजा विश्व फुटबलले देख्न पाउने थिए ।

बराबरीसँगै ब्रजिल स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ । हैटीविरुद्ध पनि सकारात्मक नतिजा नआउने हो भने स्कट्ल्यान्डसँगको अन्तिम खेलमा टोलीलाई एकदमै धेरै दबाब रहनेछ ।

हैटीविरुद्ध ब्रजिलले पछिल्ला भेटमा एकतर्फी राज गरेको छ । यी दुई अहिलेसम्म तीनपटक आमने–सामने भएका छन् । तीनवटै खेलको नतिजा ब्रजिलको पक्षमा गएको छ । 

यसैबीच सन् २०१६ कोपा अमेरिकामा ब्रजिलले हैटीमाथि ७–१ को फराकिलो जित हासिल गरेको थियो । समग्रमा ब्रजिलले हैटीविरुद्ध १७ गोल गरेको छ ।

दुई टोलीबीचको ‘क्वालिटी ग्याप’ अझै पनि उल्लेखनीय छ । ब्रजिलले यो खेललाई आफ्नो गति निर्माण गर्ने र गोल भिन्न्ता सुधार गर्ने अवसरको रुपमा हेर्नेछ ।

हैटीलाई विश्वकपमा प्रतिनिधित्व गर्न पाउनुनै ठूलो उपलब्धि हो । १९७४ पछि विश्वकप खेलिरहेको हैटीले स्कटल्यान्डसँग प्रेरणादायी प्रदर्शन गरेको थियो । यद्यपि टोलीले स्कटल्यान्डसँग १–० को साँघूरो हार बेहोर्यो ।

सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डविरुद्ध दृढ संकल्प देखाएको थियो । आफ्नो विपक्षीलाई एउटै गोलमा सीमित राखेको हैटीले यसैबाट आत्मविश्वास लिनेछ । यद्यपि ब्रजिलको चुनौती पूर्ण रुपमा फरक छ ।

दोस्रो चरणको पहिलो खेलमा मोरक्कोले स्कटल्यान्डलाई हराएसँगै हैटी ब्रजिलविरुद्ध थप दबाबमा रहेको छ । 

ब्रजिल विरुद्धको हारले हैटी प्रतियोगिताबाट बाहिरिनेछ । तर प्रतियोगितामा अपसेट नतिजाहरु आइरहँदा हैटी आफ्नो अनुशासित प्रदर्शन दिन तयार छ ।

मोरक्कोले स्कटल्याण्डलाई हरायो, पुग्यो समूहको शीर्ष स्थानमा 
विश्वकपको फुटबलको समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको छ । 

शनिबार बिहान भएको खेलको दोस्रो मिनेटमै मोरक्कोका इस्माइल साइबारीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उनले ब्राहिम डियाजको पासमा गोल गरेका हुन् । त्यसपछि भने कुनै गोल नहुँदा मोरक्को १–० ले विजयी भयो । 

गोलका लागि दुई ओटा प्रहार गरेकामा मोरक्को एउटामा सफल भएको हो । जबकि स्कटल्याण्डले एउटा पनि प्रहार गरेन । 

मोरक्कोले ५९ प्रतिशत बल खेलभरि आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । 

मोरक्कोले ८ तथा स्कटल्याण्डले ११ ओटा फाउल खेलेको थियो । दुवैतर्फ एक एक जनाले पहेँलो कार्ड खाएका थिए । 

यो नतिजासँगै समूह सीमा दुई खेलबाट ४ अंकसहित मोरक्को शीर्ष स्थानमा रहेको छ । 

पहिलो खेलमा हैटीलाई हराएको स्कटल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने मोरक्कोसँग पहिलो खेलमा बराबरी खेलेको ब्रजिल तेस्रो स्थानमा छ । 

जितविहीन हैटी पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ