arrow

प्रतिनिधि सभा

कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद ओलीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
khusbu-oli-03-03.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताएकी हुन्। उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली सर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै सोही क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको कारुणिक अवस्थाबारे खुलासा गरेकी हुन्। आफूले सदनमा तीन पटकसम्म यो विषय उठाएको र नेपाली राजदूतावाससँगको निरन्तर समन्वयपछि शर्मिला दर्जीलाई स्वदेश फर्काउन सफल भएको उनले बताइन्।

बैठकमा बोल्दै उनले भनिन्, ‘नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोक्न जेल पठाएका थिए। मैले फेरि दूतावासमा सम्पर्क गरी कडा रूपमा कुरा उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो उनी स्वदेश आइपुगिन्।’

उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै सांसद ओलीले कुवेतका जेलहरूमा अझै सयौँको सङ्ख्यामा नेपाली महिलाहरू रहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलन समेत गुमाइसकेको जानकारी दिइन्। अवैध बाटोबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिलाहरू जोखिममा रहेको उल्लेख गर्दै उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण तत्काल मिलाउन सांसद ओलीले सरकारसँग माग गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ