प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
323
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिँदै छन् । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने मुख्य कार्यसूची रहेको छ।
कार्यसूची अनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।