arrow

विश्वकप कथाः स्कटल्याण्ड २८ वर्षपछि र हैटी ५२ वर्षपछि मैदानमा उत्रदै  

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
wcf-grand-opening-2026.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको पहिलो भिडन्तमा स्कटल्यान्ड र हैटी भिड्दैछन् । उत्तर अमेरिकी राष्ट्र हैटी ५२ वर्षपछि विश्वकपमा फर्किएको छ । यसपालि आफ्नै महादेशमा भइरहेको विश्वकपमा हैटीको एउटै लक्ष्य हुनेछ, त्यो हो पहिलो अनुभवलाई सुधार्ने । जर्मनी १९७४ मा हैटीले तीन वटै खेलमा हार बेहोर्दा कूल १४ गोल खाएको थियो ।

कोनकाकाफ छनोटको १० मध्ये ६ खेलमा हैटीले विजयी हासिल गरेको थियो । नोभेम्बरमा कोस्टा रिकालाई १–० र निकारागुवालाई २–० ले हराउँदै हैटी विश्वकपमा फर्किएको हो ।

विश्वकप २०२६ का ४८ राष्ट्रमध्ये हैटी फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ । विश्वकपअघि हैटीले पुछारको न्युजिल्यान्डमाथि ४–० को रवाफिलो जित हासिल गर्यो ।

हैटी दोस्रोपटक विश्वकप खेल्न लागेको हो ।

स्कटल्यान्ड आफ्नो नवौं विश्वकप अनुभव लिँदैछ । पछिल्लोपटक स्कटल्यान्डले १९९८ फ्रान्स विश्वकप खेलेको थियो ।

यूईएफए छनोटमा ६ मध्ये चार खेल जितेको स्कटल्यान्डलाई मोरक्को र नर्वेसँगै ‘डार्क हर्स’का रूपमा हेरिएको छ । स्कट म्याकटोमिने र एन्डी रोबर्टसन जस्ता विश्व फुटबलका चर्चित खेलाडी रहेको स्कटल्यान्ड बढीमा दोस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।

विश्वकपअघि स्कटल्यान्डले १० खेलाडीमा समेटिएको कोरासाओलाई ४–१ ले हराएको थियो । त्यसपछि स्कटल्यान्डले बोलिभियालाई ४–० ले हरायो ।

अहिलेसम्म समूह चरण पार गर्न नसकेको स्कटल्यान्डसँग यसपाली नकआउट पुग्ने राम्रो अवसर छ । खेल नेपाली समयअनुसार आइतबार बिहान ६ः४५ बजे हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ