arrow

दुई सय ६३ प्रहरी चौकी जीर्ण अवस्थामा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
dan-bahadur-karki-25-02.jpg

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रहरी चौकीहरू जिर्ण अवस्थामा रहेको र पुनर्निर्माणका लागि आवश्यक बजेट अभाव रहेको जानकारी दिए ।

आईजीपी कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रमा रहेका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताए ।

उनका अनुसार कतिपय चौकी संरचना नै ढल्ने अवस्थासम्म पुगेका छन् भने अस्थायी चौकीहरूको यकिन तथ्याङ्कसमेत छैन ।

उनले संघीय मामिला तथा स्थानीय तहसँगको समन्वयमा जीर्ण चौकीहरूको पुनर्निर्माण गर्न सकिए प्रहरी कर्मचारीहरूले न्यूनतम मानवीय सुविधा पाउने अवस्था सिर्जना हुने धारणा राखे ।

आईजीपी कार्कीले अस्थायी प्रहरी चौकीहरू आवश्यक स्थानमा संवेदनशीलताका आधारमा स्थापना गरिए पनि ती संरचनाले स्थायी समाधान दिन नसक्ने उल्लेख गरे । भवन संरचना तथा लजिस्टिक व्यवस्थापनका लागि बजेट आवश्यक रहेको पनि उनले बताए ।

त्यसैगरी उनले कर्णाली प्रदेशको बाजुरा र हुम्ला जिल्लाको विवादित सीमा क्षेत्रमा प्रहरी चौकी निर्माणका विषयमा प्रहरी प्रधान कार्यालयमा औपचारिक प्रस्ताव वा पत्राचार नआएको जानकारी दिए ।

प्रदेश सरकारले बजेट विनियोजन गरे पनि प्रक्रिया समन्वयबिना अघि बढाइँदा विवाद र झडप भएको उनको भनाइ छ ।

आईजीपी कार्कीका अनुसार हाल विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उपस्थिति बढाएर सुरक्षा व्यवस्था मजबुत बनाइएको छ र घटनाबारे अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ