arrow

कोरोला नाकाबाट भन्सार छली शंकामा भित्र्याइएका ७७५ ईभी गाडी नियन्त्रणमै [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
corola-naka-ev-83-2-22 (9).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

पोखरा । मुस्ताङको कोरोला नाकाबाट भन्सार छलि गरेर नेपाल भित्र्याइएको शंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन् ।

तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा रहेका छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छलि गरी विद्युतीय गाडी नेपाल भित्र्याइएको शंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो ।

त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरू नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा राखिएका छन् । पोखरा महानगरपालिका–२५ सुइखेतमा मात्रै ९६ वटा ईभी सुरक्षित रूपमा राखिएको छ भने बाँकी गाडीहरू अन्य स्थानमा निगरानीसहित राखिएको जनाइएको छ ।

घटनाबारे सरकारले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ । गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा छानबिन प्रक्रिया अघि बढाएको हो ।
 

corola-naka-ev-83-2-22 (2).jpg
corola-naka-ev-83-2-22 (3).jpg
corola-naka-ev-83-2-22 (4).jpg
corola-naka-ev-83-2-22 (5).jpg
corola-naka-ev-83-2-22 (6).jpg
corola-naka-ev-83-2-22 (7).jpg
corola-naka-ev-83-2-22 (8).jpg
corola-naka-ev-83-2-22 (9).jpg
corola-naka-ev-83-2-22 (10).jpg
corola-naka-ev-83-2-22 (11).jpg
corola-naka-ev-83-2-22 (12).jpg
corola-naka-ev-83-2-22 (13).jpg
corola-naka-ev-83-2-22 (14).jpg
corola-naka-ev-83-2-22 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ