शिक्षा समिति अन्तर्गत छ ओटा उपसमिति गठन (सूचीसहित)
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
413
Shares
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयगत क्षेत्रहरू हेर्ने गरी ६ वटा उपसमितिहरू गठन गरेको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावली अनुसार ती उपसमितिहरू सर्वसम्मतिले गठन गरेको हो।
समितिकी सभापति डा। ओजश्वी शेरचनका अनुसार गठित सबै उपसमितिहरू समितिको मातहतमा रहनेछन् र उपसमितिहरूको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ।
गठित उपसमितिहरू र त्यसमा रहेका सदस्य सांसदहरूको विवरण यस प्रकार छ:
१. समिति परामर्श तथा समन्वय उपसमिति
डा. लेखजंग थापा
पुकार बम
प्रभा ढकाल
सीता थपलिया
रिङ्गला यादव
रमेशकुमार मल्ल
राधिका रम्तेल
महावीर पुन
२. स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति
कामिनी कुमारी
प्रा. डा. चन्द्रमोहन यादव
डा. तोसिमा कार्की
प्रभा ढकाल
रिङ्कला यादव
लेखजंग थापा
३. शिक्षा सम्बन्धी अध्ययन उपसमिति
गणेश पौडेल
गुरुप्रसाद बराल
जगतप्रसाद जोशी
राधिका रम्तेल
रमेशकुमार मल्ल
४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति
कुसुम महर्जन
झविलाल डुम्रे
पुकार बम
डा. प्रमिलाकुमारी गच्छदार
महावीर पुन
५. सूचना तथा सञ्चार अध्ययन उपसमिति
खुश्बु सरकार श्रेष्ठ
शम्भुकुमार यादव
रविन महतो
विष्णुबहादुर खड्का
हरिप्रसाद भुसाल
६. खेलकुद अध्ययन उपसमिति
अच्युतम लामिछाने
चन्दनकुमार सिंह
भीमकुमारी बुढामगर
राजन गौतम
सीता थपलिया
समितिका सचिव दशरथ धमलाले उपसमितिहरू गठन भएसँगै सम्बन्धित क्षेत्रका विषयगत अध्ययन, अनुसन्धान र समन्वयका कामहरू थप व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढ्ने जानकारी दिए।