arrow

सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहँदा चाँदीको भने तोलामा ३५ रुपैयाँ घटेको छ।

मंगलबार प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यता, मंगलबार प्रतितोला पाँच हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर पाँच हजार तीन सय ७० रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ