arrow

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
rabi-lamichhane-19-02-india.jpg

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ। 

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता गर्ने कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्।

भेटघाटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विविध विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको प्रवक्ता झाको भनाइ छ।

सभापति लामिछाने भाजपाका अध्यक्ष नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नै भारत प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

सभापति लामिछाने नेतृत्वको भ्रमणकारी प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वपा सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन्।

यसअघि आजै सभापति लामिछानेले भाजपा मुख्यालय पुगेर अध्यक्ष नवीन लगायतका शीर्ष नेताहरूसँग भेटघाट गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ