गृहमन्त्री अमित शाहले गरे भारको मणिपुरमा १३ सय ११ करोडको परियोजनाहरूको शिलान्यास
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
606
Shares
मोइराङ। केन्द्रीय गृहमन्त्री अमित शाहले आफ्नो दुई दिने मणिपुर भ्रमणमा करिब १३११ करोड लागतका २१ वटा परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन्।
तीमध्ये तीन सय करोड लागतका १२ वटा नयाँ उद्घाटन गरिएका छन् भने एक हजार ६० करोड लागतका ९ आयोजनाको शिलान्यास गरिएको छ।
तीन आयोजना सगोल काङ्जेई (पोलो) स्ट्याच्यु, चुराचन्दपुर मेडिकल कलेज र इन्डियन नेशनल आर्मी (आईएनए) को अत्याधुनिक मुख्यालयको भौतिक रूपमा उद्घाटन गरिएको छ भने बाँकी आयोजनाको यहाँबाट ४५ किलोमिटर दक्षिणमा रहेको चेङ्गेई पोलो मैदानमा आयोजित जनसभामा शिलान्यास गरिएको छ।
केन्द्रीय मन्त्री अमित शाहले राज्यका मुख्यमन्त्री नोङथोम्बम वीरेन सिंहको साथमा इम्फाल पूर्वी जिल्लाको हेइङ्गाङको इबुधौ मार्जिङ कम्प्लेक्समा १२२ फिट अग्लो सगोल काङ्जेई (पोलो) प्रतिमाको उद्घाटन गरेका हुन्।
पछि उनले चुराचन्दपुर जिल्लाको चुराचन्दपुर मेडिकल कलेजको उद्घाटन गरे र त्यसपछि विष्णुपुर जिल्लाको आईएनए उन्नत मुख्यालय मोइराङको सम्पदा क्षेत्रको उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री वीरेन सिंह र स्वास्थ्यमन्त्री डा सपम रञ्जन सिंहले चुराचन्दपुरमा मेडिकल कलेजको उद्घाटन गरेका थिए।
चुराचन्दपुर उद्घाटन कार्यक्रमपछि शाहले मोइराङस्थित आईएनए एडभान्स हेडक्वाटरमा पूर्वोत्तर क्षेत्रको सबैभन्दा अग्लो राष्ट्रिय झण्डा फहराए।
त्यसपछि चेङ्गेई पोलो मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएपछि मणिपुर विकासको बाटोमा अघि बढेको बताए।