arrow

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरू भूमि मिचेको प्रमाण खोज्दै हिँडे: खुस्बु ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
husbu-oli-19.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई लक्षित गर्दै आफ्ना नेताको बचाउका लागि नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्दै हिँडेको गम्भीर आरोप लगाएकी छिन्। मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रास्वपाको यस्तो कदमप्रति आपत्ति जनाएकी हुन्।

प्रमुख सचेतक ओलीले हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू नै आज आफ्नै नेताको बचाउका लागि नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लागिपरेको भन्दै योभन्दा दुःखद विषय अरू हुन नसक्ने बताइन्।

प्रधानमन्त्री वालेन्द्र साहले संसद्मा व्यक्त गरेको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको उनको भनाइ थियो। प्रधानमन्त्री व्यक्ति नभएर एउटा राज्यको सर्वोच्च संस्था भएकाले त्यस्तो पदबाट आएको फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने जोखिम बढाउने उनले चेतावनी दिइन्। नेताहरूको अभिव्यक्ति बचाउन राष्ट्रकै दाबी कमजोर पार्ने गतिविधि नगर्न आग्रह गर्दै उनले देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानका अगाडि नेताको गल्ती ढाकछोप गर्ने काम कदापि राष्ट्रवाद हुन नसक्ने उल्लेख गरिन्।

यसै गरी, बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति रास्वपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरे। सांसद दुलालले संसद्को रेकर्डबाट उक्त विवादित भनाइ तत्काल हटाउनुपर्ने र प्रधानमन्त्री आफैँ सदनमा उपस्थित भई पुनः सम्बोधन गरेर स्थिति स्पष्ट पार्नुपर्ने माग समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ