‘फेक रेस्क्यू’ न्यूजले नेपालको पर्यटन क्षेत्रलाई असर पार्यो, स्पष्ट नीति आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
555
Shares
काठमाडौँ। प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पाले जलवायु परिवर्तनको प्रभाव सगरमाथा क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसले विश्वव्यापी रूपमा असर पारिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि कानून समिति हलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शेर्पाले पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभइ दुबई जस्तो ठाउँमा समेत डुबान भएको कुरा उल्लेख गर्दै पर्वतारोहण र हिमाली पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई यसको प्रत्यक्ष प्रभाव पार्ने समेत बताए ।
उनले भने, ‘सगरमाथाबाट दक्ष जनशक्तिको उत्पादन क्लाइमेन्ड चेन्जले असर सगरमाथालाई मात्र पारेको होइन । पछिल्लो केही वर्षमा काठमाडौँलगायत दुबई जस्तो ठाउँमा समेत डुबान भएको छ । पर्वतहरूलाई डाइरेक्टर असर पार्ने क्लाइमेड चेन्जले हो ।’
उनले नेपालमा रहेका सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला हिमालहरू विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताउँदै तिनको संरक्षण र सुरक्षित व्यवस्थापन आवश्यक बताए ।
उनले भने, ‘संसारभर सगरमाथा लगायत ८ हजार भन्दा माथिका हिमालहरू छन् । नेपाल घुम्न आउनेहरुलाई फेक रेस्क्यू भयो भन्ने न्यूज संसारभर आयो। अहिलेको आवश्यकता रेस्क्यूका सम्बन्धमा व्यवस्थापन र नियम बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता देखेको छु ।’
सांसद शेर्पाले केही समयअघि चर्चामा आएको ‘फेक रेस्क्यू’ न्यूजले नेपालको पर्यटन क्षेत्रको असर पारेको उल्लेख गर्दै उद्धार (रेस्क्यू) व्यवस्थापनलाई व्यवस्थित बनाउन स्पष्ट नियम बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनका लागि देशलाई सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।
‘नेपाल राम्रो छ भन्ने संसारदलाई थाहा छ तर नेपाल सुरक्षित छ भन्ने महसुस गराइयो भने आगामी दिनमा हाम्रो पर्यटन प्रवर्द्धन गर्न नेपाल घुम्न आउने पर्यटनका लागि सुरक्षित महसुस गराएर हाम्रो पर्यटकलाई धेरै अगाडि लैजान सकिन्छ,’ उनले भने ।
उनले सगरमाथा आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा र संघीय संसदको झण्डा लैजाने आफ्नो इच्छामा सहयोग पुर्याएकोमा धन्यवाद समेत व्यक्त गरे ।