arrow

नेपालले भूमि मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई कांग्रेसको माग [भिडियो]

प्रधानमन्त्रीले तथ्यविना दुई देश सिमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्‍यो, यदी यो सही होइन भने रेकर्डबाट हटाइयोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
basna-thapa-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमि मिचेको हो, त्यसको स्पष्ट जानकारी दिनुपर्ने माग गरेकी हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्टममा उभिएर नेपालबाट पनि भारतको भूमि मिचिएको बताएका थिए। उक्त अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै थापाले त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरिन्। उनले प्रधानमन्त्रीको उक्त भनाइ गम्भीर र आपत्तिजनक विषय भएको बताउँदै यदि तथ्य र प्रमाण भए संसद् तथा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने उल्लेख गरिन्।

“प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, नेपाल भारत सीमा विवाद छन्, तर प्रधानमन्त्रीले नेपालबाट पनि भारतको भूमी मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो ? यो छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउनुपर्‍यो र यो गम्भीर र आपत्तीजनक विषय हो, प्रधानमन्त्रीले तथ्यविना दुई देश सिमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्‍यो, यदी यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।”

मुख्य सचेतक थापाले दुई देशबिचको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले तथ्यविनै बोलेको हो भने त्यो कदापि स्वीकार्य नहुने स्पष्ट पारिन्। यदि प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसको ठोस आधार र प्रमाण संसद् समक्ष प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ