arrow

सीमा विवादबारे सरकारको जवाफ - कूटनीतिक नोट, वार्ताबाट समाधान खोजिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
balendra-saha-balen-17-02.jpg

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई लिएर भारत र चीनबीच भइरहेको व्यापारिक मार्ग निर्माणबारे सरकारको ध्यानाकर्षण गराइएको छ।

नेकपा (एमाले) की सांसद पद्या अर्यालले नेपालको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको विषयमा सरकारको स्पष्ट धारणा माग गर्दै नेपाललाई बाहिर राखेर दुई छिमेकी मुलुकबीच भइरहेको समझदारीप्रति आपत्ति जनाइन्।

उनले नेपालले आफ्नो नक्सामा समेटिसकेको भूमिमा त्रिदेशीय सरोकार हुनुपर्नेमा भारत र चीनले मात्र व्यापारिक नाका निर्माण गरिरहेको भन्दै यसबारे सरकारले के पहल गरिरहेको छ भन्ने प्रश्न उठाइन्।

सांसद अर्यालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र साहले लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवाद समाधानका लागि नेपाल सरकारले भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइसकेको जानकारी दिए।

भारतबाट प्राप्त जवाफअनुसार दुवै देशका इतिहासविद्, नापी विज्ञ तथा सीमासम्बन्धी जानकारहरू सम्मिलित संयन्त्रमार्फत वार्ताका माध्यमबाट समस्या समाधान गर्ने प्रस्ताव आएको उनले बताए।

प्रधानमन्त्री साहले सीमा विवादका विषयमा बेलायतसँग पनि छलफल भइरहेको जानकारी दिँदै तत्कालीन ब्रिटिस इन्डियाको समयदेखि नै सीमा समस्या कायम रहेकाले बेलायतको पनि सरोकार र भूमिका हुनुपर्ने नेपालको धारणा रहेको उल्लेख गरे।

उनले सीमासम्बन्धी सम्पूर्ण समस्याहरू कूटनीतिक माध्यम र संवादबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै विवादको दीर्घकालीन समाधान वार्ताबाटै सम्भव हुने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ