arrow

रणनीतिक आयोजनाका लागि 'मातृभूमि कोष' स्थापना गरिने, नेपाललाई ग्रे लिस्टबाट हटाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
swarnim-budget.jpg

काठमाडौँ । सरकारले देशमा तीन महिनाको इन्धन भण्डारण र एआई (कृत्रिम बुद्धिमत्ता) फ्याक्ट्री लगायतका रणनीतिक महत्त्वका आयोजनाहरूमा लगानी जुटाउन 'मातृभूमि कोष' स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो महत्त्वपूर्ण घोषणा गरेका हुन्।

विदेशी ऋण वा लगानीमा सञ्चालन हुने आयोजनाहरूमा आउने विनिमय जोखिम न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि नै उपयुक्त प्रिमियममा हेजिङ सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको अर्थमन्त्री वाग्लेले बताए। यसका साथै देशको क्रेडिट रेटिङमा सुधार आउने गरी अनुकूल आर्थिक वातावरणको सिर्जना गरिने रणनीति सरकारले लिएको छ।

वित्तीय क्षेत्रको सुधारका कदमहरू चाल्दै नेपाललाई वित्तीय कारबाही कार्यदल को 'ग्रे लिस्ट' बाट यथाशक्य छिटो हटाउने घोषणा समेत बजेटमार्फत गरिएको छ। बैंकिङ क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा राज्यको तर्फबाट पुँजी वृद्धि गर्ने प्रस्ताव समेत सरकारले अघि सारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ