arrow

अमेरिकी ट्याङ्करमाथि हर्मुजमा इरानी आक्रमण, संयमता अपनाउन रूसको अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
hormuz-ai-made.jpg

काठमाडौँ । इरान र अमेरिकाबीच समुद्री मार्गमा पुनः तनाव उत्पन्न भएको छ। इरानको तस्नीम न्युज एजेन्सीका अनुसार इरानी नौसेनाले हर्मुज जलमार्गबाट एक अमेरिकी ट्याङ्कर जहाजमाथि फायरिङ गरेको छ। उक्त अमेरिकी जहाजले अन्तर्राष्ट्रिय नियम विपरीत आफ्नो राडार प्रणाली बन्द गरेर अघि बढेकाले कारबाही गर्नुपरेको दाबी इरानले गरेको छ।

इरानी आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले पनि जवाफी कारबाही गरेको रिपोर्टमा उल्लेख छ। अमेरिकी बलले इरानको बन्दर अब्बास नजिकै रहेको एक खाली इलाकालाई निशाना बनाएर प्रहार गरेको थियो। दुवै तर्फबाट भएको यस फायरिङमा कसैको ज्यान गएको छैन र कुनै ठुलो भौतिक क्षतिको विवरण पनि आएको छैन। यस संवेदनशील घटनालाई लिएर वासिङ्टनले भने अहिलेसम्म कुनै आधिकारिक टिप्पणी वा विज्ञप्ति सार्वजनिक गरेको छैन।

यसैबीच मध्यपूर्वमा बढ्न सक्ने सम्भावित युद्धको खतरालाई मध्यनजर गर्दै रूसले चिन्ता व्यक्त गरेको छ। रुसको सुरक्षा परिषदका डिप्टी सेक्रेटरी अलेक्जेन्डर वेन्डिक्टोभले इरानलाई यस क्षेत्रमा फेरि अर्को युद्ध भड्किन नदिन र संयमता अपनाउन अपिल गरेका छन्। इरानी सरकारी टेलिभिजनका अनुसार वेन्डिक्टोभले मध्यपूर्वमा स्थायी शान्तिका लागि नयाँ सुरक्षा व्यवस्थाको मार्गचित्र तयार गर्नु अहिलेको मुख्य आवश्यकता रहेको कुरामा जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ