arrow

अमेरिकाविरुद्ध नेपालले बनायो ३१७ रन, डा पाण्डे र दिपेन्द्रको शानदार अर्धशतक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
rohit-poudel-ishan-pandey.jpg
तस्बिर : अर्धशतक बनाएपछि डा इशानलाई बधाई दिँदै रोहित पौडेल । नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । फर्ममा रहेको नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेटमा अमेरिकामाथि शानदार ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौती दिएको छ । 

खेलमा नेपाले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३१७ रन बनायो । टीयू मैदानमा नेपालले अहिलेसम्मकै आफ्नो उच्च योगफल बनाएको हो । कीर्तिपुर मैदानमा अमेरिका र स्कटल्याण्डबीच भने ३२१ रन बनेको थियो । 

नेपालका लागि डा इशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतक बनाए । लगातार दुई अर्धशतक बनाउने क्रममा डा पाण्डेले ८३ बलमा ८४ रन बनाए । तेस्रो विकेटका लागि पाण्डेसँग मिलेर ११० रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले ४६ रन जोडे । 

दिपेन्द्रले करियरको नवौँ अर्धशतक बनाउने क्रममा दिपेन्द्रले २९ बलमै अर्धशतक बनाए । दिपेन्द्रले ३६ बलमा रनआउट हुनुअघि चार छक्का र चार चौकाको मद्धतले ५९ रन बनाए । 

आसिफ शेखले ४३, कुशल भुर्तेलले २९ रन बनाए भने आरिफ शेखले १० बलमा अविजित रहँदै १८ रन जोडे । 

साढे ९ बजेदेखि हुनुपर्ने खेल वर्षाका कारण आउटफिल्ड चिसो हुँदा टसमा आधा घण्टा ढिलाइ भएको थियो । 

उपत्यकामा बिहानै वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले दिउँसो पनि वर्षा हुन सक्ने आँकलन गरेसँगै खेल फेरि पनि प्रभावित हुन सक्ने सम्भावना छ । 

नेपालले यो खेल जितेर श्रृंखलाका चार मध्ये तीनमा जित हासिल गर्दै अंक तालिकामा बलियो बनाउन चाहन्छ । 

नेपाल श्रृंखलामा लगातार दोस्रो जित हासिल गर्दै फर्ममा फर्किएको छ । यो श्रृंखलामा नेपालले अमेरिकालाई हराइसकेको छ । नेपाल सामु कमजोर देखिएको अमेरिका ९ विकेटले पराजित भएको थियो । 

त्यस्तै नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने वर्षाले प्रभावित खेलमा नेपाल मात्र दुई रनले स्कटल्याण्डसँग पराजित भएको थियो । 

अंक तालिका

नेपाल लगातार दुई जितसँगै अंक तालिकामा फड्को मार्न सफल भएको छ । नेपाल पाँचौँ स्थानमा पुगेको छ । नेपाल २७ खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा पुगेको हो । 

२७ खेलबाट ३८ अंकसहित अमेरिका पहिलो स्थानमा छ । ३२ खेलबाट ३८ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ । 

२८ खेलबाट ३१ अंकसहित ओमान तेस्रो स्थानमा रहँदा २४ खेलबाट २८ अंकको नेदरल्याण्डस् चौथो स्थानमा छ । 

नामिबिया २८ खेलमा २२ अंकसहित छटौँ स्थानमा रहँदा २४ खेलबाट २१ अंकसहित क्यानाडा सातौँ स्थानमा छ । 

पुछारको यूएईको २४ खेलमा १४ अंक छ । 

नेपालको विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने नेपालको सम्भावना जीवितै रहेको छ । नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट हुनका लागि अब बाँकी रहेका आफ्ना सबै  खेलहरू जित्नुपर्ने कठिन चुनौती छ।

यस्तै आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न पनि नेपाल अंक तालिकाको शीर्ष छ स्थानभित्र पर्नु अनिवार्य छ। अहिले पाँचौँ स्थानमा रहे पनि नेपालले जितको लयलाई निरन्तरता नदिने हो भने त्यो सम्भावना पनि कम छ । 

nepal-vs-usa-battle-83-2-8 (2).jpeg
nepal-vs-usa-battle-83-2-8 (3).jpeg
nepal-vs-usa-battle-83-2-8 (4).jpeg
nepal-vs-usa-battle-83-2-8 (5).jpeg
nepal-vs-usa-battle-83-2-8 (6).jpeg
nepal-vs-usa-battle-83-2-8 (7).jpeg
nepal-vs-usa-battle-83-2-8 (8).jpeg
nepal-vs-usa-battle-83-2-8 (9).jpeg
nepal-vs-usa-battle-83-2-8 (10).jpeg
nepal-vs-usa-battle-83-2-8 (11).jpeg
nepal-vs-usa-battle-83-2-8 (12).jpeg
nepal-vs-usa-battle-83-2-8 (13).jpeg
nepal-vs-usa-battle-83-2-8 (14).jpeg
nepal-vs-usa-battle-83-2-8 (15).jpeg
nepal-vs-usa-battle-83-2-8 (16).jpeg
nepal-vs-usa-battle-83-2-8 (17).jpeg
nepal-vs-usa-battle-83-2-8 (18).jpeg
nepal-vs-usa-battle-83-2-8 (19).jpeg
nepal-vs-usa-battle-83-2-8 (20).jpeg
nepal-vs-usa-battle-83-2-8 (21).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ