arrow

पूर्णिमा श्रेष्ठ छैटौँ पटक पुगिन् सगरमाथाको चुचुरोमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
purnima-shrestha-(4).jpg
तस्बिर : फाइल

गोरखा । सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छिन् ।  ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् ।  

श्रेष्ठले यसअघि दुई हप्तामा तीन पटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन् । 

श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् । 

श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गरेकी थिइन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ