arrow

मिचेल शतकनजिक पुगेर रोकिँदा सूर्यवंशी चम्किए, राजस्थानले भत्कायो लखनउको २२० रनको पहाड

लखनउ सात विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
vaibhav- suryavanshi.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मङ्गलवार राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ। 

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै उक्त लक्ष्य सहजै पूरा गर्‍यो।

यस जितसँगै राजस्थानको १३ खेलबाट १४ अङ्क भएको छ र उसको प्लेअफमा पुग्ने सम्भावना अझै जीवितै रहेको छ। अर्कोतर्फ लखनउभने यसअघि नै प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिइसकेको छ।

राजस्थानको जितमा युवा ब्याटर वैभव सूर्यवंशीले मात्र ३८ बलमा ९३ रनको विष्फोटक इनिङ खेले। उनको यस आक्रामक पारीमा ७ चौका र १० छक्का सामेल थिए। कप्तान यशस्वी जयसवालले पनि टोलीलाई उत्कृष्ट सुरुवात दिलाउँदै २३ बलमा ४३ रन बना

ए। यी दुईबीच पहिलो विकेटका लागि ७५ रनको तीव्र साझेदारी भएको थियो। त्यसपछि ध्रुव जुरेलले जिम्मेवारी सम्हाल्दै अविजित ५३ रन बनाएर टोलीलाई जितको ढोकासम्म पुर्‍याए। अन्त्यमा डोनोभन फरेराले पनि १० बलमा १६ रनको उपयोगी योगदान दिए।

राजस्थानका ब्याटरहरूका अगाडि लखनउको बलिङ पूर्ण रूपमा असफल देखियो। लखनउका आकाश सिंह सबैभन्दा महँगा सावित भए । जसले ३ ओभरमा ५४ रन खर्चिए। मोहसिन खान र आकाश सिंहले समान १–१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको लखनउका लागि ओपनर मिचेल मार्श शतक बनाउनबाट मात्र ४ रनले चुकेका थिए। उनी ५७ बलमा ९६ रन बनाउँदै रन आउटको सिकार भए। 

मार्शले आफ्नो पारीमा ११ चौका र ५ छक्का प्रहार गरे। अर्का ब्याटर जोस इंग्लिसले २९ बलमा ६० रनको योगदान दिए । जसमा ७ चौका र ३ छक्का सामेल थिए। 

इंग्लिस र मार्शबीच पहिलो विकेटका लागि १०९ रनको बलियो साझेदारी भएको थियो।

त्यस्तै, निकोलस पुरनले ११ बलमा १६ रन बनाए भने कप्तान ऋषभ पन्तले २३ बलमा ३५ रनको छिटो पारी खेले। अन्तिम ओभरहरूमा लगातार ब्याटरहरू रन आउट भएका कारण लखनउको टोली २३० रनको आँकडा पार गर्नबाट रोकियो।

राजस्थानका तर्फबाट यश राज पुञ्जा सबैभन्दा सफल बलर बने। उनले ४ ओभरमा ३५ रन खर्चिएर २ विकेट लिए। जोफ्रा आर्चरको भागमा १ विकेट रह्यो भने लखनउका दुई ब्याटर रन आउट भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ