के देखे सांसदले सुकुमवासी होल्डिङ सेन्टरमा ? [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
414
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
बनेपा । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले काभ्रपलाञ्चोकको बनेपामा रहेको सुकुमवासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।
समिति सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको थियो । टोलीले त्यहाँ बस्दै आएका सुकुमवासी बस्तीका नागरिकसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ ।
सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरूले गरेका छन् । बालबच्चाको पढाई, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरुले राखेका छन् ।
समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन् ।