arrow

घट्यो सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
gold-jewalary.jpg

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आज आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ३३० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ