काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्टसले चेन्नई सुपर किंग्सलाई हराएको छ ।
लखनउको घरेलु मैदानमा लखनउ ७ विकेटले सहजै विजयी भएको हो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १८७ रन बनायो । कार्तिक शर्माले ७१ तथा शिवम दुबेले १६ बलमा अविजित रहँदै ३२ रन बनाए ।
आकाश सिंहले ३ विकेट लिए । जवाफमा लखनउले १६.४ ओभरमै ३ विकेट गुमाएर जित हासिल गर्यो । मिचेल मार्शले ३८ बला ९० रन बनाए । त्यस्तै जोश इङ्लिसले ३६ तथा निकोलस पुरनले ३२ रन जोडे ।
यो जितसँगै प्लेअफबाट बाहिरिइसकेको लखनउले सान्त्वना सफलता हासिल गर्दा चेन्नईको भने प्लेअफ सम्भावना मुस्किलमा परेको छ ।
लिगमा रोयल च्यालेन्जर्स बैंगलुरू र गुजरात टाइटान्सको १२ खेलबाट समान १६ अंक छ भने सुनराइजर्स हैदराबादको १२ खेलबाटै १४, पञ्जाब किंग्सको १२ खेलबाट १३ अंक छ ।
एक खेल कम खेलेको राजस्थान रोयल्सको १२ तथा १२ खेल खेलेको चेन्नईको पनि १२ अंक नै छ ।
लगभग बाहिरिएको दिल्ली क्यापिटल्सको १२ खेलमा १०, कोलकाता नाइट राइडर्सको ११ खेलबाट ९ अंक छ ।
मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टसको समान ८ अंक छ ।
आज बेलुकी काेलकाता र गुजरात भिड्दै छन् । जितले गुजरात प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ । हारले अन्य खेलको नतिजा कुर्नुपर्नेछ ।
जितले कोलकाताको आशा जिवितै हुनेछ भने हारले बाहिरिनेछ ।