सिप्रदी ट्रेडिङ र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दाबी सम्झौता, टाटा गाडीको बीमा दाबी सहज हुने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
302
Shares
काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ।
काठमाडौँस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेस्ट ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ ले सम्झौतामा हस्ताक्षर गरेका थिए।
कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दाबी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनी सँग पनि नगद रहित बीमा दाबी सम्झौता गरिसकेको छ।
कम्पनीको दाबी अनुसार, यस सेवाबाट ३,००० भन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दाबी प्राप्त गरिसकेका छन्। सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको छ।
यस सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।