arrow

प्रतिनिधि सभा

एमालेको आरोप: प्रधानमन्त्रीले लोकतन्त्रको सट्टा 'बालेनतन्त्र' विकास गर्न खोजे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
yen-mahar-.jpg

काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री वालेन्द्र साह बालेनले संसद् र संविधानको अवमूल्यन गरेको गम्भीर आरोप लगाएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा बाहिर गएर फरक अभ्यास गर्न खोजेको भन्दै प्रश्न उठाएका हुन्।

सचेतक महरले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। उनले वर्तमान सरकारले संविधानसम्मत शासन प्रणाली अवलम्बन गरिरहेको छ वा कुनै वैकल्पिक 'तन्त्र' विकास गर्न खोजेको हो भनी जिज्ञासा राखे।

उनले भने, "बजारमा एउटा जबरजस्त प्रश्न छ— प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रलाई भन्दा पनि 'बालेनतन्त्र' को विकास गर्न खोज्नुभएको हो कि? उहाँले पटक–पटक संसद्लाई उपेक्षा गर्ने र यसको हुर्मत लिने काम गर्नुभएको छ।"

प्रमुख सचेतक महरले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गर्दै जनताका प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीको निरन्तरको अनुपस्थितिले संसदीय गरिमामा आँच पुर्‍याएको एमालेको निष्कर्ष छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ