arrow

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढको छ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा तीन सय र चाँदीको ३५ रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रुपैयाँ काम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यअसघि बुधबार छापालाला सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा  कारोबार भएको थियो।

यता, बुधबार प्रतितोला पाँच हजार सात सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर पाँच हजार सात सय ४५  रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ