arrow

शीघ्र सेवा प्रवाह र समस्या समाधानमा जुट्न परराष्ट्रमन्त्री खनालको निर्देशन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
sishir-khanal-31.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मन्त्रालयको कार्यसम्पादन, बजेट कार्यान्वयन र सेवा प्रवाहमा देखिएका चुनौतीहरूका बारेमा विस्तृत छलफल भयो।

त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै जनताका समस्या समाधानमा सबैको सहयोग अपरिहार्य रहेको बताए। उनले शीघ्र सेवा प्रवाह र कार्यक्षेत्रमा देखिएका अवरोधहरू हटाउन तत्परताका साथ प्रस्तुत हुन कर्मचारीहरूलाई निर्देशन दिए। समस्या समाधानका निम्ति आफ्नातर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहने प्रतिबद्धता समेत मन्त्री खनालले व्यक्त गरेका छन्।

बैठकमा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको प्रगति समीक्षा र मूल्याङ्कन गरिएको थियो। मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका नीतिगत तथा व्यावहारिक अवरोधहरूलाई कसरी हटाउने भन्ने विषयमा सहभागीहरूले आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसहित मन्त्रालयका उच्च अधिकारीहरू र सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ