arrow

देशको नाम परिवर्तन गर्ने प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
nauru.jpg

काठमाडौँ । प्रशान्त महासागरीय टापु राष्ट्र नाउरुको संसद्ले देशको नाम परिवर्तन गरी ‘नाओएरो’ राख्ने सम्बन्धी संवैधानिक संशोधन प्रस्ताव पारित गरेको छ। 

नाउरु सरकारले यस निर्णयबारे औपचारिक जानकारी दिँदै स्थानीय भाषा र संस्कृतिलाई प्राथमिकता दिने उद्देश्यले यो ऐतिहासिक कदम चालिएको बताएको छ। 

सरकारले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिअनुसार संसद्बाट प्रस्ताव पारित भएसँगै अब यस विषयमा अन्तिम निर्णयका लागि राष्ट्रिय जनमत सङ्ग्रह आयोजना गरिनेछ।

यदि जनमत सङ्ग्रहबाट यो प्रस्ताव स्वीकृत भएमा नयाँ नामलाई देशको आधिकारिक राष्ट्रिय अभिलेख र प्रतीकहरूमा समावेश गरिनेछ भने संयुक्त राष्ट्रसङ्घ लगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत ‘नाओएरो’ लाई नै देशको आधिकारिक पहिचानका रूपमा प्रयोग गरिने सरकारले जनाएको छ। देशको नाम परिवर्तन गर्ने यो प्रस्ताव राष्ट्रपति डेभिड आडेयाङले गत जनवरीमा पहिलोपटक अघि सारेका थिए। 

सरकारका अनुसार ‘नाओएरो’ नामले मुलुकको मौलिक सम्पदा, भाषा र पहिचानलाई अझ सान्दर्भिक रूपमा प्रतिविम्बित गर्दछ। विदेशीहरूले मौलिक शब्द ‘नाओएरो’ को सही उच्चारण गर्न नसक्दा अपभ्रंश भई ‘नाउरु’ नाम प्रचलनमा आएको सरकारी स्पष्टीकरण रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ