arrow

आईपीएल

कोहलीको शतकमा बैंगलुरूले हरायो कोलकातालाई, उक्लियो शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
kojoli-birat-rcb.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूले कोलकाता नाइट राइडर्समाथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। यो जितसँगै बैंगलुरू अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

रायपुरस्थित शहीद वीर नारायण सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। १९३ रनको लक्ष्य पछ्याएको बैंगलुरूले १९.१ ओभरमा ४ विकेट गुमाउँदै विजय लक्ष्य प्राप्त गर्‍यो।

बैंगलुरूको जितमा स्टार ब्याटर विराट कोहली नायक बने। उनले अविजित १०५ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई जितसम्म पुर्‍याए। कोहलीले आफ्नो इनिङ्समा ११ चौका र ३ छक्का प्रहार गरे। अन्य ब्याटरहरूमा देवदत्त पडिक्कलले ३९ रन र ज्याकोब बेथेलले १५ रनको योगदान दिए। अन्त्यमा जितेस शर्मा ८ रनमा अविजित रहे।

कोलकाताका तर्फबाट बलिङमा कार्तिक त्यागीले ३ विकेट लिए भने सुनील नरेनले १ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको कोलकाताका लागि अङ्कृष रघुवंशीले सर्वाधिक ७१ रन बनाएका थिए। उनले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै, रिंकु सिंहले २९ बलमा अविजित ४९ रनको आक्रामक इनिङ्स खेले।

ओपनिङमा फिन एलेनले ८ बलमा १८ रन र कप्तान अजिंक्य रहाणेले १३ बलमा १९ रन जोडेका थिए। क्यामरुन ग्रीनले २४ बलमा ३२ रनको योगदान दिए। बैंगलुरूका लागि भुवनेश्वर कुमार, जोश हेजलवुड र रसिख सलाम डारले १–१ विकेट लिए।

अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको बैंगलुरूको यो सानदार प्रदर्शनले यस सिजनको उपाधि यात्रालाई थप बलियो बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ