arrow

एमाले केन्द्रीय सदस्यमा एक्काइस मनोनित

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
uml-party-office-in-dhumbar.jpg.jpeg
नेकपा (एमाले) ले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ । 
 
पार्टी स्थायी कमिटीको शुक्रबार यहाँ सम्पन्न स्थायी कमिटी बैठकले सो मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतो छन् । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव रहेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ