arrow

प्रधानमन्त्रीले जवाफ नदिए सदन बहिस्कार गर्ने कांग्रेसको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
arjunnarsing-kc-30-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिए प्रतिनिधि सभा बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै उनले प्रधानमन्त्रीबाट लगातार संसदीय परम्परा, मान्यता र मूल्य-पद्धतिको उपेक्षा भइरहेको आरोप लगाए ।

उनले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको मन्त्रीले सदनमा विषय प्रस्तुत गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रस्तुतिकरणमा आपत्ति नभए पनि जवाफ दिने क्रममा प्रधानमन्त्री अनुपस्थित भए कांग्रेस सहभागी नहुने बताए ।

‘प्रधानमन्त्रीबाट एकपछि अर्को गर्दै संसदीय परम्परा, मान्यता र मूल्य-पद्धतिमाथि उपेक्षा भइरहेको हाम्रो धारणा छ,’ उनले भने, ‘प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले विषय टेबल गर्ने परम्परा हो । प्रस्तुत गर्न मन्त्री आउँदा हाम्रो आपत्ति छैन । तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्री अनुपस्थित हुने हो भने हामी बैठकमा सहभागी हुन सक्दैनौँ, बहिस्कार गर्नुपर्ने अवस्था आउँछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ