arrow

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, बालेनको खोजीमा तात्यो सदन

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
parliament-abarodh.jpg

काठमाडौँ । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको महत्त्वपूर्ण छलफलमा पनि प्रधानमन्त्री वालेन्द्र साह बालेन अनुपस्थित भएको भन्दै विपक्षी सांसदहरूले बैठक चल्न नदिएपछि सभामुखले बैठक रोकेका हुन्।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री केही समयमै आउने जानकारी दिँदै बैठक सुचारु गराउन विपक्षी सांसदहरूलाई पटक-पटक आग्रह गरेका थिए। उनले संसदीय प्रक्रियालाई अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि विपक्षीहरूले "प्रधानमन्त्री नआई बैठक चल्न सक्दैन" भन्दै नाराबाजी र अवरोध जारी राखेका थिए।

विपक्षीको माग र सदनमा उत्पन्न गतिरोधका कारण सभामुखले सहमतिको प्रयास र प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितताका लागि १५ मिनेटका लागि बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने अडानमा विपक्षी दलहरू कायम छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ