arrow

आईपीएलमा यस्तो छ समीकरण, को पुग्ला प्लेअफमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
ipl-delhi-punjac.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्समाथि रोमाञ्चक ३ विकेटको जित निकालेको छ । 

धर्मशालामा भएको खेलमा २११ रनको चुनौती दिल्लीले एक ओभर खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो । 

कप्तान अक्षर पटेलले ३० बलमा ५६, डेभिड मिलरले २८ बलमा ५१ तथा आशुतोष शर्माले १० बलमा २४ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २१० रन बनाएको थियो । कप्तान श्रेयश अथ्यरले ३६ बलमा ५९ तथा प्रियांश आर्याले ३३ बलमा ५६ रन बनाएका थिए । 

यो खेल जितेको भए प्लेअफ नजिकको पञ्जाब शीर्ष स्थानमा पुग्ने थियो । हारेको भए दिल्ली बाहिरिने थियो । 

जितले दिल्लीको प्लेअफको झिनो झिनो सम्भावना कायमै छ । 

अंक तािलकामा ११ खेलबाट १४ अंकसहित बैंगलुरू, हैदराबाद र गुजरात क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थाानमा छन् । 

पञ्जाब १३ अंकसहित चौथो स्थानमा छ । 

चेन्नई र राजस्थान १२ अंकसहित पाँचौ र छैटौँ स्थानमा हुँदा १० अंकबाट दिल्ली सातौँ स्थानमा छ । 

कोलकाता १० खेलबाट ९ अंकसहित आठौँ स्थानमा छ भने प्लेअफ होडबाट बाहिरिएका मुम्बई र लखनउको समान ६ अंक छ । 

१० टिमले समान १४ खेल खेलेपछि शीर्ष चार टिम प्लेअफमा पुग्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ