arrow

बालेन सरकारको नीति तथा कार्यक्रम

सीमा नाकाहरूमा 'फेसियल रिकग्निसन' र ड्रोनबाट निगरानी गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
ramchandra-poudel-niti-karyakram-.jpg

काठमाडौँ । सरकारले मुलुकको सीमा सुरक्षालाई थप सुदृढ र प्रविधिमैत्री बनाउन सीमा नाकाहरूमा अनुहार पहिचान  प्रणाली जडान गर्ने घोषणा गरेको छ। सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो योजना सार्वजनिक गरेका हुन्।

सरकारले सीमा व्यवस्थापनका लागि 'एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली' र 'स्वचालित निगरानी पूर्वाधार' समेत स्थापना गर्ने नीति लिएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी र अवाञ्छित घुसपैठ नियन्त्रण गर्न ड्रोन तथा 'नाइट भिजन' क्यामेराको प्रयोग गरी उच्च निगरानी गरिने राष्ट्रपति पौडेलले बताए।

सम्बोधनका क्रममा उनले 'सीमा क्षेत्र विकास कार्यक्रम' मार्फत सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र राज्यसँगको सम्बन्धलाई थप सुदृढ बनाइने उल्लेख गरे। आधुनिक प्रविधिको यो प्रयोगले परम्परागत सुरक्षा प्रणालीलाई विस्थापित गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी र वैज्ञानिक बनाउने सरकारको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ