arrow

गर्मीले होइन, क्रम्पटनको सिलिङ फ्यानले जित्छ !

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
cg-electronic-crompton-ceiling-fan-may-2026.jpg

काठमाडौँ। गर्मी बढ्नासाथ नेपाली घर, कार्यालय, होटेल तथा व्यापारिक स्थलहरूमा राम्रो एयरफ्लो दिने भरपर्दो सिलिङ फ्यानको आवश्यकता अझ बढ्ने गर् । वर्षौँदेखि यो आवश्यकता पूरा गर्दै आएको क्रम्पटन अहिले पनि नेपाली उपभोक्तामाझ विश्वासिलो नामका रूपमा स्थापित छ। दमदार परफर्मेन्स, आकर्षक डिजाइन र टिकाउ गुणस्तरका कारण क्रम्पटन सिलिङ फ्यान नेपाली घरको नियमित रोजाइ बन्दै आएको छ।

समयसँगै नेपाली घरको शैली र आवश्यकता दुवै परिवर्तन भइरहेका छन्। यही परिवर्तनलाई ध्यानमा राख्दै क्रम्पटनले साधारणदेखि प्रिमियम डेकोरेटिभ रेन्जसम्मका विभिन्न सिलिङ फ्यान बजारमा उपलब्ध गराएको छ। निडस, स्टारड्रिफ्ट, कूल ब्रिज तथा ब्रिज एयर जस्ता मोडेल बलियो एयरफ्लो र कम बिजुली खपतका लागि लोकप्रिय छन् भने आउरा, जियाना, स्योरब्रिज मोन्टानिया तथा सुपर एयर डेको जस्ता डेकोरेटिभ फ्यानहरूले आधुनिक घरको सजावटलाई अझ आकर्षक बनाइरहेका छन्। फराकिला ब्लेड, मजबुत बनावट, एन्टी–रस्ट बडी तथा स्मूथ सञ्चालन प्रणालीले क्रम्पटन फ्यानलाई बजारमा फरक पहिचान दिएको छ।

क्रम्पटन सिलिङ फ्यानहरूमा प्रयोग गरिएको टिकाउ मोटर, डबल बल बेयरिङ सिस्टम, सेफ्टी केबल तथा उच्च स्पीड परफर्मेन्सले लामो समयसम्म प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ। बैठक कोठा, सुत्ने कोठा, कार्यालय वा व्यापारिक स्थल जहाँ पनि प्रयोग गर्दा निरन्तर बलियो एयरफ्लो दिने भएकाले धेरै उपभोक्ताको पहिलो रोजाइ क्रम्पटन बन्न सफल भएको छ। साथै, केही मोडेलमा कम आवाजमा सञ्चालन हुने प्रविधि प्रयोग गरिएकाले आरामदायी अनुभव प्राप्त हुने कम्पनीले जनाएको छ।

क्रम्पटनका फ्यानहरू केवल परफर्मेन्सका लागि मात्र होइन, आकर्षक र आधुनिक डिजाइनका कारण पनि विश्व बजारमा चर्चित छन्। कम्पनीका अनुसार क्रम्पटनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न डिजाइन मान्यता प्राप्त गरिसकेको छ। सौन्दर्यपूर्ण फिनिसिङ, कलात्मक स्टाइलिङ तथा आधुनिक सजावटसँग सहज रूपमा मेल खाने डिजाइनका कारण क्रम्पटन फ्यानहरू अहिले धेरै उपभोक्ताको जीवनशैलीको रोजाइ बन्दै गएका छन्।

हालै सार्वजनिक गरिएको युरोमोनिटर इन्टरनेसनलको अध्ययनअनुसार इलेक्ट्रिक कूलिङ फ्यान क्याटेगोरीमा रिटेल भोल्युम सेल्सका आधारमा क्रम्पटनलाई “विश्वको नम्बर १ सिलिङ फ्यान ब्रान्ड” को रूपमा उल्लेख गरिएको कम्पनीले जनाएको छ।

नेपालमा सिजी इलेकट्रोनिक्सले क्रम्पटनका उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा विशेष योजना पनि सञ्चालन गरिरहेको जनाएको छ।

योजनाअन्तर्गत क्रम्पटन फ्यान खरिद गर्ने ग्राहकले हरेक १५ दिनमा मिक्सर जित्ने अवसर प्राप्त गर्नेछन् भने बम्पर उपहारमा मिडियाको डबल डोर रेफ्रिजरेटर जित्न सक्नेछन्। नेपाली बजारमा क्रम्पटनका वाल फ्यान, स्ट्यान्ड फ्यान, एक्जस्ट फ्यान, कूलर, गेयजर, मिक्सर तथा आइरन लगायतका सामग्री पनि लोकप्रिय छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ