arrow

बादलले रोशनीलाई बनाए राष्ट्रिय सभा सचेतक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
ram-bahadur-thapa-19-12.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले उनलाई आज (शुक्रबार) यस जिम्मेवारीमा नियुक्त गरेका हुन्।

नवनियुक्त सचेतक मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन्। झापा निवासी मेचे सीमान्तकृत मेचे समुदायकी हुन् र उनी यसअघि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

एमालेले यसअघि नै राष्ट्रियसभाको दल नेतामा प्रेमप्रसाद दंगाललाई नियुक्त गरिसकेको छ। सचेतकको नियुक्तिसँगै एमालेले राष्ट्रियसभामा आफ्नो संसदीय दलको पदाधिकारी चयन प्रक्रियालाई पूर्णता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ