arrow

आज दुई संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। आज बस्ने बैठकहरूमा सम्बन्धित मन्त्रालयको कार्यप्रगति र समितिको आन्तरिक कार्यविवरणका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। उक्त बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट हालसम्म भए गरेका कामकारबाही र मन्त्रालयको आगामी कार्ययोजनाका सम्बन्धमा विस्तृत छलफल हुने संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने तय भएको छ। सो बैठकमा समितिको परिचय र कार्य विवरणका सम्बन्धमा सदस्यहरूलाई अभिमुखीकरण गराउने विषयमा छलफल हुनेछ। दुवै बैठकमा सम्बन्धित मन्त्रालयका पदाधिकारी र समितिका सदस्यहरूको उपस्थिति रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ